५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापीः युरोपमा आर्थिक मन्दीको ‘प्रवल सम्भावना’


२ चैत, काठमाडाैँ । यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्रक्षेपण गरेको छ ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् । जर्मनीले भाइरस सङ्क्रमणका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार ०८:१३