१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

७३ अङ्कले बढ्यो नेप्से, दुई अर्ब २२ करोडकाे काराेबार

२८ फागुन, काठमाडाैँ । मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १४.३३ प्रतिशतले बढेर ३०४.६९ मा पुगेको छ । आज नेप्से ५.४७ र सेन्सेटिभ परिसूचक ४.९४ प्रतिशतले बढेको छ ।

कूल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ समूहमध्ये सामूहिक लगानी कोषको शेयर ०.०८ अङ्कले घटेको छ भने अन्य सबै उपसमूहको शेयर उकालो लागेको छ ।

आज सबैभन्दा बढी जीवनबीमा उपसमूहको शेयर ५१०.९७ अङ्कले बढेको छ । यस्तै बैंकिङ ६८.४७, व्यापार ६५.४७, होटल ९९.५९, विकास बैंक ७४.४४, जलविद्युत् ४८.३२, वित्त २०.६१, निर्जीवन बीमा ४४५.५६, उत्पादन १०९.७९, अन्य १९.२८ र लघुवित्त ११७.२८ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु २३ करोड ६६ लाख ४९ हजार १४१ मा कारोवार भयो । यस्तै एनआइसी एशियाको रु १४ करोड ६६ लाख ५३ हजार ७९६, एनएमबी बैंकको रु १२ करोड २१ लाख ८४ हजार १५०, हिमालयन डिस्टिलरीको रु ११ करोड ८६ लाख ४१ हजार ८४२, नबिल बैंकको रु ६ करोड ६४ लाख ७३ हजार ९५७ र शिवम् सिमेन्ट्स लिमिटेडको शेयर रु पाँच करोड ७३ लाख ९३ हजार ४२७ मा कारोवार भयो ।

आज साल्ट ट्रेडिङ कर्पोरेशन, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एभरेष्ट इस्सुरेन्स कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.३४ प्रतिशतले गुमाए । यसैगरी नेपाल फाइनान्स ७.२८, खानीखोला हाइड्रोपावर ५.०८, नबिल समृद्धि फन्ड–१ का लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए

प्रकाशित मिति : March 11, 2020 at 7:18 pm