एनआईसी एशिया रेमिट र लिगल रेमिटबीच सम्झौता
२८ फागुन, काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रूप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत शुरू भएको छ ।
सम्झौता पश्चात अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआईसी एशिया रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् ।
विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिने छ । लिगल रेमिटमार्फत अस्ट्रेलियामा रहेका नेपालीले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरूका आफन्तहरू वा अन्य व्यक्तिहरूले बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउन्टर, ५८ वटा शाखारहित बैंकिङ इकाईहरू तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्ने जनाइएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
प्रकाशित मिति : March 11, 2020 at 5:19 pm









