१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

स्याङ्जा अष्ट्रेलिया सोसाइटीको अध्यक्षमा दिपक क्षेत्री

२१ फागुन, सिड्नी । नेपालकाे स्याङ्जा जिल्लाबाट अष्ट्रेलिया आएका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा अष्ट्रेलिया सोसाइटीको प्रथम साधारणसभा सिड्नीमा सम्पन्न भएको छ । नेपाल समुदायका लागि मात्र नभएर अष्ट्रेलियाको आगोलागीमा समेत सहयोगी बनेको समाजको साधारण सभाले दिपक क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा सितल गिरी, महासचिवमा राम केसी, सचिवमा बिशाल श्रेष्ठ, कोषाध्यक्षमा श्रीजना पाण्डेय, प्रवक्तामा दिपक पौडेल यसैगरी खेलकुद संयाेजकमा राम न्यौपाने, कार्यक्रम संयाेजकमा शुवास रानाभाट, सांस्कृतिक कार्यक्रम संयाेजकमा दिलीप अर्याल तथा
सदस्यहरुमा सुमन रेग्मी, निरु केसी, सुजना राना, बिशाल राना, नरेश मल्ल, पदम अधिकारी, योगेन्द्र पौडेल, रमेश थापा,आशिषजंग थापा, राजन लम्साल, सन्तोष रेग्मी,नवराज लम्साल, सन्तोषकुमार खांड, उमेश पौडेल, बालकृष्ण लम्साल, बिष्णु अर्याल,दिपक न्यौपाने, पदम केसी रहनु भएको छ ।

त्यसैगरि सल्लाहकारमा बिष्णु हमाल,महेन्द्र कुमार लम्साल, सिके भुषाल,शम्सेर थापा,भुपेन केसी,सुमन साही श्यामकुमारी तिवारी रहनु भएको छ । साधारणसभामा बिष्णु हमाल , सिके भुषाल लगायतका वक्ताहरुले सोसाइटीको महत्त्व र आवश्यकता बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम दिपक क्षेत्रीको सभापतित्व र सागर अधिकारीको संचालनमा सम्पन्न भएकाे थियाे । समितिका सदस्य विशाल रानाले अागामी बैठकबाट रिक्त दुई संयाेजक र सदस्य थप गर्नुका साथै कार्यक्रमहरुका वारेमा समेत निर्णय गर्ने बताउनु भयाे ।

  

प्रकाशित मिति : March 4, 2020 at 5:01 pm