२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

ग्लोबल आइएमई बैंककाे ग्लोबल टपअप मुद्दती निक्षेप योजना, वार्षिक ९.७५ प्रतिशतसम्म व्याज

१९ फागुन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने छ ।

जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।
बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
बैंकले वित्तीय सेवाको पहँुच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानहरुमा आफ्ना शाखा संजाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैकिङ्ग क्षेत्रमा एक उत्कृष्ट बैंक हुने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : March 2, 2020 at 7:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/