१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सम्झौताका केही बुँदा आपत्तिजनक भएपछि श्रीलंकाले अस्वीकार गर्यो एमसिसी

१६ फागुन, काठमाडाैँ । श्रीलंकाको सरकारले केही बुँदा आपत्तिजनक रहेको भन्दै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। श्रीलंकाको मन्त्रिपरिषद्ले उक्त सम्झौतामा भएका केही विषयहरूमा थप छलफल गर्नुपर्ने भएकाले तत्काल हस्ताक्षर नगर्ने निर्णय गरेको मन्त्रिपरिषदका सहप्रवक्ता बन्डला गुरूवर्दनेले जानकारी दिए।

यसअघि श्रीलंकाले एमसिसीको पुनरावलोकन गर्न समिति बनाएको थियो । उक्त समितिले आफ्नो रिपोर्ट बिहीबार प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा एमसिसीका केही प्रावधानले श्रीलंकाको संविधान र राष्ट्रिय सुरक्षालाई हानी गर्ने सुझाव दिइएको थियो।

प्रकाशित मिति : February 28, 2020 at 8:06 pm