८ असार २०८३, सोमबार | Mon Jun 22 2026

जनमतको अपमान गरी संविधान संशोधन गरे सशक्त आन्दोलन गर्ने अनेरास्ववियूका संयोजक महरको घोषणा

१२ फागुन, काठमाडौँ । अनेरास्ववियूका संयोजक ऐन महरले जनमतको अपमान हुने गरी संविधान संशोधन गरे सशस्क्त आन्दोलन गर्ने चेतावनी दिएका छन । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सरकार र नेकपालाइ कडा चेतावनी दिँदै महरले अहिले जनमतको अपमान हुने गरी संविधान संशोधनको बाटोमा नलाग्न खबरदारी गरेका हुन ।

मुर्छित विद्यार्थी आन्दोलन व्यूताउने अभियानमा रहेका महरले गलत गर्दा मातृपार्टीको निर्णयको पनि बरोध गर्ने चेतावनी दिएका हुन । उनले ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर’ भन्ने उखान नै उल्लेख गरेर आफ्नो कुरा राखेका छन । आम खबरदारीका बीचमा नेकपाले संविधान संशोधनको काम अघि बढाए निर्णय को खिलाफमा सशक्त रुपमा लाग्ने चेतावनी दिएका छन ।

यस्तो छ संयोजक महरको भनाइ

नेपालीमा एउटा उखान चर्चित छ  ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर’ सन्दर्भ संविधान संशोधन को हो। अहिलेको मुख्य कार्यभार भनेको बिकास र समृद्धिको अभियान लाई सार्थक बनाउने हो। युवा रोजगारी सिर्जना गर्नु हो त्यसै गरि निशुल्क रुपमा स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गरिनु होला। तर यतिबेला संविधान संसोधनको बिषय बेमौसमी बाजा जस्तै यो जनमतको घोर अपमान हो। यद्यपि संविधान गतिशिल दस्ताबेज हो र देश र जनताको आवस्यकता बमोजिम संशोधन हुन्छ ।तर जनमतको अपमान हुने गरि यतिबेला गरिने संशोधन कुनै पनि हालतमा मान्य हुने छैन। नेकपा सचिवालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अन्यथा अनेरास्ववियू यो निर्णय को खिलाफमा सशक्त रुपमा लाग्ने जानकारी गराउन चाहन्छु।

प्रकाशित मिति : February 24, 2020 at 7:18 pm