८ असार २०८३, सोमबार | Mon Jun 22 2026

मेरो जीत नै जनताको जीत होः महरा

२५ फागुन, तुलसीपुर । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताउनुभएको छ । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भन्नुभयो, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।”

उहाँले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताउनुभयो । “नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो”, उहाँले भन्नुभयो, “त्यसकालागि म सधै लडिरहनेछु ।” उहाँलाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।

प्रकाशित मिति : February 24, 2020 at 7:49 pm