१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ओलीका कारण पार्टी एकता धरापमाः माओवादी नेता गुरुङ

२८ वैशाख, काठमाडौँ । माओवादी केन्द्रका सचिब देब गुरुङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सेरोमोनियल अध्यक्ष बनाएको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी जुन महत्वपूर्ण खालका निणर्यहरु भएका छन् यसले प्रचण्डलाई सेरोमोनियल बनाएको आरोप लगाउनु भयो ।

उहाँले पार्टी एकिकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा बिश्वासको वातारणमा शंका देखिएको बताउनु भयो ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देश बिचका सम्बन्ध बिस्तारको स्वरुप भएको बताउँदै भ्रमणका समय जसरी नेपाली सुरक्षा कर्मी भन्दा भारतिय सुरक्षाकर्मी बढी हुन कुटनीतिक छलफलको बिषय समेत बनेको उहाँले बताउनु भयो ।

एमाले र माओवादी केन्द्र लगाएत राष्ट्रवादीहरुको पार्टी एकताका बिषयमा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा बिदेशी शक्तिहरुका चलखेल भईरहेको बताउँदै यस्ता चलखेलबाट चनाखो रहँदै एकिकरण हुँदै जाने उहाँको भनाई छ ।

पार्टी एकिकरणका बारे बाहिर आए जस्तो मित तय नभएको भन्दै उपयुक्त समयमा संयोजन समितिले निर्धारण गर्ने मितिमा ढिला चाँडो भए पनि पार्टी एकिकरण हुने बताउनु भयो ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १८:१९