प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री पोखरेलको रातो गुलाबको मालासहितको शुभकामना (फोटोफिचर)
११ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा आइतबार बिहान सरकारी निवास बालुवाटारमा केक काटिएको छ । प्रधानमन्त्रीलाई शुभकामना दिने क्रममा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले रातो गुलाबको माला लगाइदिए ।
प्रधानमन्त्रीको सचिवालयका कर्मचारीका अलवामा उपप्रधान एवं रक्षामन्त्री पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, पूर्व गृह सचिव प्रेमकुमार राइ लगायत रहेका थिए । सोही क्रममा मनोज पाण्डेको आवाजमा रहेको प्रधानमन्त्रीको जवनी झल्ने एउटा भिडियो पनि प्रदर्शन गरिएको थियो । उक्त भिडियो ६ मिनेटको रहेको छ ।

प्रकाशित मिति : 14:41









