१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सरकारको भ्रष्टाचारबारे रिपोर्टिङ दिन मन्त्रीहरूलाई छायाँ प्रधानमन्त्री देउवाको निर्देशन

११ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसले संघीय सरकारमा पाँच वर्षसम्म प्रवेश नापउने भएपछि गठन गरेको छयाँ सरकारको पहिलो बैठक नाै महिनापछि बसेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा छायाँ प्रधानमन्त्री शेरबहादुर देउवाले छायाँ मन्त्रीहरूलाइ सरकारका भ्रष्टाचार खोजेर रिपोर्टिङ गर्न निर्देशन दिए ।

बैठकले नेपाली कांग्रेसको भ्रातृ संस्था प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाइ धन्यवाद दिएको छ । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनीका एक जना दलाल विजयबाबु मिश्रसँग बार्गेनिङ गरिएको भनिएको अडियो सार्वजनिक गरेका थिए । साथै तत्कालनी सभामुख महराको याैन काण्ड भनिएको भिडियो सार्वजनिक गराएका थिए ।

बैठकमा छायाँ प्रधानमन्त्री देउवाले कुन मन्त्रालयमा के कति भ्रष्टाचार भैरहेको छ भन्ने विषमाय खोजेर रिपोर्टिङ गर्न निर्देशन दिएका हुन । उनीहरूले सरकारले व्यापक भ्रष्टाचार गरेको भन्दै गहन रूपमा अध्ययन अनुसन्धान गर्ने जनाएका छन । कांग्रेसले सरकारको निगरानी गर्ने नाममा छाया मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रकाशित मिति : 14:19