१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प

११ फागुन , बेइजिङ । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १४:०८