१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

पूर्व प्रधानमन्त्री खनाल संयोजक रहेको नेकपा एमसीसी कार्यदलको अन्तिम बैठक सुरू

९ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलको अन्तिम बैठक सुरू भएको छ । आज अन्तिम प्रतिवेदन तयार गर्नका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरू भएको छ ।

कार्यदलमा  पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्यद्धय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन । प्रतिवेदन करिव तयार भएको र सदस्यका बीचमा एक पटक पुन छलफल गर्न लागिएको बुझिएको छ । अाजको बैठकमा प्रतिवेदनले अन्तिम रूप पाउने छ ।

प्रकाशित मिति : 11:05