८ असार २०८३, सोमबार | Mon Jun 22 2026

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा

८ फागुन, भीमदत्तनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताउनुभएको छ ।

 

“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उहाँले भन्नुभयो, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

प्रकाशित मिति : February 20, 2020 at 12:14 pm