सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग (विज्ञप्तिसहित)
८ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसले नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा विज्ञप्ति नै प्रकाशन गरी बास्कोटालाइ बर्खास्त गर्न माग गरेका हुन ।

विज्ञप्तिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकाले बर्खास्त गर्न माग गरिएको छ । कांग्रेसले निष्पक्ष अनुसन्धानको प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्रीसँग माग गरेको छ ।

प्रकाशित मिति : 11:45









