७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

-लक्ष्मण सिटौला

धेरै पटक हारेकी छु तिमीलाई जिताउँदा
धेरै चोटी रोएकी छु तिमीलाई हसाउँदा

म आमा सधैँ तिम्रो खुशीमा रमाउने एउटी
म तिम्रो बाको मनमन्दिरमा चढेकी देउकी

सयौँ रात अनिदो बसे तिमीलाई हुर्काउँदा
धेरै पटक हारेको छु तिमीलाई जिताउँदा

सन्तती सपना हुन सम्पत्ति पनि तिनै भए
जिन्दगीभर तिनकै दासी खै आखिर के रहे

खुशीको चिहान माथी आफैँलाई चढाउँदा
धेरै पटक हारेकी छु तिमीलाई जिताउँदा

शिवपुरी ६
गुर्जे, नुवाकोट

प्रकाशित मिति : February 14, 2020 at 9:19 am