११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एकै पटक ८४ बिरामी भेटिए, नोबेल कोरोनाको आशंका

२८ माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस ८ नम्बर वस्तीमा कोरोनाको लक्षण संग मिल्ने रुघा,खोकि र अत्यधिक ज्वरोले गाउले विरामि परेका छन् । आजसम्म विरामि हुनेको सङ्रख्या ८४ जना पुगेको रमाघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

नोभेल कोरोनाको लक्षण जस्तै देखिएकाले गाउँपालिकाले पत्र लेखेर स्वास्थ्य सहयोग माग गरेको छ । यद्यपी स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले नोभेल कोरोना नै भनेर शंका गर्ने आधार नरहेको बताएका छन । जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मि ,औषधिहरु र माक्स खरीद गरी पठाईसकेको चापागाईले बताए ।

कोरोना जस्तै लक्षण भएपनि त्यहाँका मानिसको चिन संग आउजाउ नभएकोले कोरोनानै हो भन्ने अनुसन्धानबाटमात्र खुल्ने उनले बताए ।  विरामि परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्यकर्मीले भने संक्रमण देखिएकाहरुलाई अरु ब्यक्ती संग सम्पर्कमा नआउन र छुट्टै बस्न  अनुरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले आफुहरु विषय विज्ञ संग नियमित संवादमा रहेको बताउदै संम्यमता अपनाइएको उल्लेख गर्दै नआत्तिन अनुरोध गरेका छन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोलि पठाउन स्वास्थय मन्त्रालयसँग माग गरेका छन ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार २३:१३