त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकै झाडीमा झोलामा शिशुकाे शव भेटियाे
२७ माघ, काठमाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकको झाडीमा एक शिशुकाे शव भेटिएकाे छ । जेब्रा झोलामा हालेर फालिएको अवस्थामा उक्त शिशुकाे शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

जेब्रा झोलाभित्र हालेर उक्त शिशु (बालिका) कसले किन फाल्यो भन्ने पुष्टि भइसकेको छैन । भर्खरै जन्माएर फालिएको उक्त शिशु मृत भएपछि फालिएको हाे वा ज्युंदै फालिएकाे टुंगो लागिनसकेको प्रहरीले जनाएको छ । शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएकाे र घटनाकाबारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : February 10, 2020 at 3:54 pm









