आफ्नै श्रीमतीकाे हत्या गर्ने नर बहादुर पुन पक्राउ
२७ माघ, रुकुम । आफ्नै श्रीमतीकाे हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । रुकुमकाे आफ्नै ६० वर्षीया श्रीमती दिलमायाँ पुनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भूमे गाउँपालिका-३ सिमा बस्ने ८० वर्षीय नर बहादुर पुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

पुनले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएकी दिलमायाँको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : February 10, 2020 at 1:58 pm









