५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

अवैध लागूऔषधसहित तनहुँका बिक्रम अधिकारी पक्राउ

२७ माघ, काठमाडौँ । अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । तनहुँकाे बन्दीपुर गाउँपालिका-१ नालाका २५ वर्षीय बिक्रम अधिकारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

फाइल फाेटाे

अधिकारीले अबैध रुपमा लागूऔषध बिक्री गरिरहेकाे सुचनाकाे अवस्थामा प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : February 10, 2020 at 1:19 pm