५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सीमा रक्षा र चोरी पैठारी नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालनः महानिरीक्षक खनाल

२६ माघ, कलैया । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शान्ति सुरक्षा, सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताउनुभएको छ । कबहीगोठ गाँउपालिका–२ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको नवनिर्मित भवनको आज उद्घाटन गर्दै चोरी पैठारी नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

महानिरीक्षक खनालले सीमा रक्षाका लागि सक्रिय भई निगरानी बढाउन निर्देशन दिनुभयो । रु ९९ लाख ९९ हजारको लागतमा दुई वटा आधुनिक भवन, ब्यारेक, कार्यालय, कार्यालय प्रमुखको निवास निर्माण भएको छ । नाती कन्स्ट्रक्सन ललितपुरले सो भवन निर्माणका लागि ठेक्का पाएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरी बल गण नम्बर १२ का गणपति दिगविजय सुवेदी, गाँउपालिकाका अध्यक्ष महेन्द्र यादवलगायतले आफ्नो विचार व्यतm गर्दै भवन निर्माणले सशस्त्र प्रहरीलाई कामकाज गर्न अझै सहज हुने धारणा राख्नुभयो ।

त्यसैगरी सिम्रौनगढ नगरपालिकास्थित रहेको वीरेन्द्र चोकमा बीओपी पिपरपातीको नवनिर्मित भवनको प्रदेश २ सशस्त्रका बाहिनीपति राजु अर्यालले उद्घाटन गर्नुभएको थियो । सो भनवको ठेक्का पनि नाती कन्स्ट्रक्सन ललितपुरको रहेको छ । सो भवनको लागत पनि रु ९९ लाख ९९ हजार ९०६ रहेको सशस्त्र प्रहरी निरीक्षक सुर्दशन अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : February 9, 2020 at 11:47 pm