बिरामी महिलालाई बलात्कार गर्ने नुवाकाेट बेलकाेटगढीका बिशाल वाग्ले पक्राउ
२६ माघ, काठमाडाैँ । बिरामी महिलालाई बलात्कार गरेकाे आराेपमा १ जना पक्राउ परेका छन् । काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिका – ६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुन: स्थापना केन्द्रमा सुरक्षा गार्डका रूपमा कार्यरत नुवाकोट बेलकोटगढी नगरपालिका- १२ का २५ बर्षिय बिशाल भन्ने रमेश प्रसाद वाग्लेलाई प्रहरीले बलात्कारकाे आराेपमा पक्राउ गरेकाे हाे ।

साेही पुन: स्थापना केन्द्रमा उपचारार्थ रहेकी महिलालाई सुरक्षागार्ड तथा ब्यबस्थापन समेत रहेका वाग्लेले बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा थप छानबिन भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : February 9, 2020 at 4:27 pm









