५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राप्ती नदीमा डुबेर १ जना बेपत्ता

२६ माघ, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आउनुभएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।


शनिबार अपराह्न बेपत्ता हुनुभएका उहाँलाई हालसम्म फेला पार्न नसकिएको प्रनाउ चन्दले बताउनुभयो । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।

प्रकाशित मिति : February 9, 2020 at 10:48 am