५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

स्वस्थानी व्रतको साङ्‌गे गरिँदै

२६ माघ, काठमाडौं पुस शुक्ल पूर्णिमादेखि आरम्भ भएको एकमहिने स्वस्थानी व्रत आज समापन (साङ्‌गे) गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत आरम्भ गरी भगवान शिव-पार्वतीको पूजा गरेका भक्तजनले व्रत समापन गर्न लागेका हुन् ।

त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि सकिँदै छ । विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्णहोस् भनी अर्घ दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने विधि छ । यसो गरे व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यसैबीच साँखुको शाली नदीमा पुस शुक्ल पूर्णिमादेखि आरम्भ भएको माधवनारायण व्रत पनि आजै अश्वमेध यज्ञ गरी समापन गरिँदै छ ।

प्रकाशित मिति : February 9, 2020 at 7:47 am