चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु
२५ माघ, दाङ । चट्याङले लागेर दाङमा ३ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो परेकाे चट्याङ लागेर तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा २ जना र उपमहानगरपालिका–९ मा १ जनाको मृत्यु भएको हो।
गीता चौधरीको घरमा २ जनाको र हापुरमा सूर्यबहादुर पुरीको घरमा १ जना गरी ३ जनाको मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।

चट्याङले लागेर गम्भीर घाइते भएकी चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका ८ वर्षीय छोरा ताराबहादुर देवपुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लाने क्रममा बाटोमै मृत्यु भएको हो।
प्रकाशित मिति : February 8, 2020 at 6:28 pm









