५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रदेश सरकारको बजेट कार्यान्वयनका लागि टेप बोकेर सडकमा निस्किए सांसद मैनाली (फोटोफिचर)

२५ माघ, नुवाकोट । वर्षाैदेखि नुवाकोटका जनताले सास्ती भोग्दै सास्ती कम गर्ने अभियानमा लागेका नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क का सांसद बद्री मैनाली प्रदेश सरकारले सडकमा विनियोजन गरेको बजेट कार्यान्वयनका लागि टेप बोकेर अाफैँ सडकको अनुगमनमा निस्किएका छन ।

शुक्रबार नुवाकोट हुदै रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डमा प्रदेश सांसद मैनाली अनुगमनमा गएका हुन । प्रदेश सरकारले सडकको मर्मतका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अनुगमनमा सांसद मैनालीसँगै नेकपा शिवपुरी गाउँपालिकाका अध्यक्ष वीर बहादुर तामाङ, पुर्वाधार कार्यालय नुवाकोटका प्रमुख विजयमणि बर्जाचार्य रहेको मैनालीका स्वकीय सचिव दीपक कार्कीले दैनिकीलाइ जानकारी दिए । तस्बीरहरूः दीपक खनाल

प्रकाशित मिति : February 7, 2020 at 8:19 pm