५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

९ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु

२४ माघ, कास्की । चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्नुभएको थियो ।

जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताउनुभयो । प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् ।  यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए ।

प्रकाशित मिति : February 7, 2020 at 12:24 pm