११ किलोग्राम चरेससहित ३ जना पक्राउ
२४ माघ, भीमदत्तनगर । नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो । प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले मोटरसाइकल चालक रामदिन रानालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : February 7, 2020 at 12:16 pm









