३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

बालुवाटार जग्गा प्रकरणः भ्रष्टाचार मु्द्दा लागेका न्यायाधीश गाैतमको इजलाशमा तीन मुद्दा

२३ माघ, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरे पनि उनको बिहीबारका लागि पनि इजलाश तोकिएको छ । गौतमको इशलाशमा बिहीबार पनि तीनवटा मुद्दा रहेका छन । गौतमको इजलाशमा लागूऔषध, लेनदेन र सम्बन्ध बिच्छेदका मुद्दा परेको छ ।

न्यायपरिषद् ऐन अनुसार भ्रष्टाचार मुद्दा लागेको हकमा न्यायाधीश स्वत निलम्बन हुने व्यवस्था रहेको छ । ऐनमा उल्लेख गरिएको छ ‘भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम स्वतः निलम्बन हुने अवस्थामा वा खराब आचरणको आधारमा प्रचलित कानून बमोजिम उच्च अदालत वा जिल्ला अदालतको कुनै न्यायाधीश विरुद्ध मुद्दा दायर भएकोमा मुद्दा दायर भएकोमितिदेखि त्यस्तो न्यायाधीश आफ्नो पदबाट स्वतः निलम्बन हुनेछ ।’

तर जिल्ला अदालत चितवनले भने उनको नाममा पनि पेशी तोकेको छ । अख्तियारले बुधबार एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएकाले मुद्दा नलाग्ने तर्क अख्तियारले अघि सारेको छ जुन गलत छ ।

यस्तो छ कानुनी व्यवस्था

प्रकाशित मिति : February 6, 2020 at 11:43 am