कृषिमन्त्रीको सुगर र प्रेसर बढ्यो, ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना
२२ माघ, काठमाडाैँ । बाग्मती प्रदेशका भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री प्रेसर र सुगर बढेपछि अस्पताल भर्ना भएका छन । उनी प्रेसर र सुगर अाकास्मिक रूपमा बढेपछि मंगलबार साँझबाट ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन ।

मन्त्री लामाको घाँटी पछाडीको नसामा समेत समस्या रहेको र अझै केही दिन अस्पतालमै रहने नेकपाका युवा अभियन्ता तीर्थ भट्टराइले जानकारी दिए । मन्त्री लामाको उपचारमा डा सुमन बराल लगायतको टिम खटिएको छ । मन्त्री लामाको अवस्था खतरामुक्त रहेको र केही दिनमै डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : February 5, 2020 at 10:02 pm





