१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

पर्वतमा कृषिजन्य वस्तु बिक्रीको जिम्मा नगरपालिकाले लिने

२६ वैशाख, पर्वत । किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ । फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो ।

“किसानले बिक्री गर्न नसकेको अन्नबाली, तरकारी, दूध, अण्डालगायत वस्तु नगरपालिकाले किनिदिन्छ” फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले भने, “अब वस्तु बिक्रीको समस्या हुन्न ।”

चालु आवमा फलेवास नगरपालिकाले रु दुई करोड ५० लाख बराबरको किसानलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरेको छ । फलेवास नगरपालिकाको शंकरपोखरी, देवीस्थान, कुर्घा, पाङराङ र कार्कीनेटा तरकारी उत्पादनको पकेट क्षेत्र हो । शंकरपोखरी, कुर्घा, लिमिठाना र कार्कीनेटामा दूध उत्पादन पर्याप्त मात्रामा हुन्छ ।

प्रकाशित मिति : May 9, 2018 at 2:04 pm