३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

अन्ततः नातीराज गुरुङले पाए चितवनकाे प्रहरी प्रमुखको जिम्मेवारी, गंगा पन्तलाई पर्सामा जिम्मेवारी

२१ माघ, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुखको रुपमा एसपी नातीराज गुरुङलाई जिम्मेवारी दिएको छ । चितवनमा सरुवा भएकी एसपी गंगा पन्तको ठाउँमा गुरुङलाई पठाइएकाे छ ।


पन्त चितवन नपुगेपछि अब पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी लिएर त्यस तर्फ लागेकी छन् । चितवन सरुवा गरिएकी एपसी गंगा पन्त यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रिप लेखेर विवादमा आएकी थिइन् ।

पुस ४ गतेको सरुवाअनुसार ढिलोगरी चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल विमानस्थल सुरक्षामा खटिएका छन् । तर चितवन जानुपर्ने पन्त भने विवादकै कारण चितवन पुगेकी थिइनन् । पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौँ प्रहरी परिसरमा ल्याइएको छ ।

प्रकाशित मिति : February 4, 2020 at 4:59 pm