काठमाडौँकाे टोखामा ट्रककाे ठक्करबाट स्कुटर चालककाे मृत्यु
२० माघ, काठमाडौँ । काठमाडौँकाे टोखा नगरपालिका-९ मा ट्रककाे ठक्करबाट स्कुटर चालककाे मृत्यु भएकाे छ । सोमबार बिहान ना.६ ख ७८५७ नम्बरको ट्रकले भे.४ प ४५३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तार्केश्वर नगरपालिका-७ का २५ वर्षीय सुगम बास्तोलाको घटनास्थलमै मृत्यु भएको हाे ।

दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस्विरः वसन्त तिवारी
प्रकाशित मिति : February 3, 2020 at 6:20 pm









