१ असार २०८३, सोमबार | Mon Jun 15 2026

यौन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न अनुमति

२० माघ, काठमाडौँ । यौन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । राणालाई सोमबार जिल्ला अदालत सुनसरीले  हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


इटहरीकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै गृह मन्त्रालयमा उजुरी दिएपछि राणा निलम्बनमा परेका थिए । यस्तै ती महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । उजुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका राणाले आरोप भने अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : February 3, 2020 at 5:40 pm