१ असार २०८३, सोमबार | Mon Jun 15 2026

चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट खस्यो

२० माघ, चितवन । चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत २ नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो ।

फाइल फाेटाे

दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : February 3, 2020 at 11:42 am