नुवाकाेटकाे बेलकोगढीस्थित मजुवामा ल्होछार पर्व विशेष कार्यक्रम सम्पन्न
१९ माघ, नुवाकाेट । बेलकोगढी नगरपालिका वडा नं ११ को मजुवामा ल्होछार पर्व विशेष कार्यक्रम सम्पन्न भएको छ । कैलावती नमूना युवा क्लबको आयोजनामा भएको कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रम मार्फत ल्होछार पर्व मनाएर एक आपसमा शुभकामना आदान प्रदान गरेको कार्यक्रममा संयोजक चन्द्रमान लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङहरुको महान पर्व सोनाम ल्होछार तामाङ बुद्धिजीवी तथा अग्रजहरुले सधै एक सार्वजनिक कार्यक्रम गरेर यश पर्वको तिर्खा मेटाउने काम मात्रै गरेको तर हिन्दू पर्व दशै तिहार जस्तै गरि जनस्तरमा बिकास नगरेकोमा असन्तुष्टि जनाउनु भएको छ, अबको आगामी बर्ष देखि यश ल्होछार पर्वलाई तामाङको रितितिथी अनुसार आफ्नो मौलिक संस्कारमा बिकास गरी जनस्तरमा सस्थागत गर्ने उहाँले जनाउनु भएको छ, कार्यक्रममा स्थानीय कलाकारहरु, विद्यार्थी, आमा समूह ,महिला समुहको तामाङ सेलो गीत , सेलो नाचको बेजोड प्रस्तुती रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी स्थानीय जेष्ठ नागरिक आइतराम तामाङलाई बनाइएको थियो भने ‘मुख्य लामा’ कर्म लामाबाट पूजापाठ९ वाङ० गरेर ल्होछार पर्वको धार्मिक विधि तथा परम्परालाई निरन्तरता दिइएको थियो । कार्यक्रममा नेपाल घेदुङका जिल्ला सदस्य रणबहादुर तामाङ, घेदुङको प्रमुख सल्लाहकार तथा आदिवासी जनजाति सचेतक बिनोद तामाङ , वडा सदस्य दिपकमान तामाङ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

मझुवामा रहेको कैलावती मन्दिरको संरक्षणको लागी अमेरिका निवासी जिरा लामाले ८० हजार रुपैयाँ उपलब्ध गराएकाले मन्दिरको मर्मत तथा सम्भार प्रक्रिया अघि बढाउन लागिएको साथै कैलावती मन्दिरमा प्रत्येक दिन बिहान भजन र बुद्ध मोलमबाट शुभ दिनको सुरुवात हुने क्लबले जनाएको छ ।
प्रकाशित मिति : February 2, 2020 at 1:42 pm









