४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कांग्रेस नेता सुनबहादुरकी श्रीमतिको ६४ नम्बरको कोठीबाट १९ वर्षिया नेपाली चेलीको उद्धार


२६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेस नेता सुनबहादुर तमाङको श्रीमतिले भारतमा चलाइ रहेको कोठीबाट अर्की १९ वर्षिया नेपाली चेलीको उद्धार गरिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका तामाङकी श्रीमतिले जिबी रोडमा सञ्चालन गरिरहेको कोठीबाट ती किशोरीको उद्धार भएको हो ।

दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा केआई नेपालले बाँके जिल्लाको बैजनाथ अगैयाकी १९ वर्षिया उक्त किशोरीको उद्दार गरिएको हो । उनी सुनिल थापा नामक व्यक्तिबाट जिबि रोडको ६४ नम्बरको कोठीमा बेचिएकी थिइन ।

जिबि रोड दिल्लीस्थित कुख्यात रेडलाइट एरिया हो । केआई नेपालका भारत प्रतिनिधि नवीन जोशीले जिबीरोडबाट महिलाको उद्दार निकै कठिन रहेपनि दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा किशोरीको उद्दार गर्न सफल भएको बताएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०८:५४