सीआईबीले ललिता निवास जग्गा हिनामिनाको छानबिन प्रतिवेदन गृहलाई बुझायो
१७ माघ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनाको छानबिन गरी गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । बुधबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको हाे ।

जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस प्रतिवेदनमा गरिएको छ । २०७५ फागुन २८ गते सरकारले ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो । अनुसन्धान कार्य सकेर प्रतिवेदन तालुक प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमार्फत गृह मन्त्रालयमा बुझाईएको सीआईबीले जनाएको छ ।
प्रकाशित मिति : January 31, 2020 at 6:34 pm









