एसएसपी शौरभ राणा यौन दुर्व्यवहारको आरोपमा निलम्बित
१७ माघ, काठमाडौँ । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् । बिहीबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ,

यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए । यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ । एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।
प्रकाशित मिति : January 31, 2020 at 1:36 pm









