ललितपुरमा साउना नुहाउन छिरेका दम्पत्तिको मृत्यु
१६ माघ, काठमाडौं । ललितपुरस्थित स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर दम्पत्तिको मृत्यु भएको छ । साउनामा छिरेका उनिहरु बेहोस अवस्थामा भेटिएका थिए ।

ललितपुर महानगरीय प्रहरी परिसरका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारी र ४२ वर्षीय हस्त गर्बुजामगरकाे मृत्यु भएको हो । प्रहरीका अनुसार हस्त गर्बुजामगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव भएको बताइएको छ ।
उनीहरू बुधबार राति सो क्लबमा गएका थिए र साउनामा नुहाउन पसेका थिए । धैरैबेरसम्म उनिहरू बाहिर नअाएपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको थियो ।
प्रकाशित मिति : January 30, 2020 at 12:16 pm







