३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

होटलमा बसेका बंगलादेशीले आफ्नै साथीको हत्या गरेको खुलासा

१६ माघ, काठमाडौं काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बंगलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ ।

महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसारसँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेका हुन् । ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार हत्यामा आर्थिक विषय जोडिएको आशंका गरिए पनि यकिन हुन सकेको छैन । उनका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे । यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएको खुलेको छ ।

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिए । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ ४:१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यो बेला अपराधी भारत फरार भइसकेका थियो ।

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उनले बताए । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् ।

उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ । होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनी ट्राभल एजेन्सी भएको खुल्न आएको छ ।

प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खेलेको छ । खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो । –रासस

प्रकाशित मिति : January 30, 2020 at 9:24 am