३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

मोफसलको पत्रकारिताको इतिहास पन्‍नालाल गुप्ता चाचाजीको ९२ वर्षको उमेरमा निधन

१५ माघ, काठमाडाैँ । मोफसलको पत्रकारिताको इतिहास पन्‍नालाल गुप्ता चाचाजीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रमममा बुधबार निधन भएको बाँकेका पत्रकार झलक गैरेले जानकारी दिए । बुधबार दिउँसो बान्ता भएपछि पत्रकार गुप्तालाई उपचारका लागि भेरी प्रादेशिक अस्पताल लगिएको थियो । उनकाे उपचारकै क्रममा साँझ ८ बजेतिर निधन भएको हो ।


चाचाजी पत्रकार महासंघ बाँकेका पूर्वसभापति समेत हुन् । प्रेस स्वतन्त्रता सेनानी गुप्ताले लोकतन्त्र प्राप्ती र प्रेस स्वतन्त्रताका लागि पत्रकारिताको माध्यमबाट महत्वपुर्ण योगदान दिएको भन्दै उच्च प्रशंसा हुनेगरेको छ । पत्रकारिता क्षेत्रको नयाँ पुस्ताले गुप्ताको जीवनशैलीलाई पछ्याउन सक्नुपर्ने धेरैको सुझाव छ । गुप्ताले झण्डै ४ दशकअघि देखी नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आएका छन्। चाचाजीको निधनमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन । उनले चाचाजी मोफसलको पत्रकारिताको इतिहास रहेको चर्चा गरेका छन ।

प्रकाशित मिति : January 29, 2020 at 10:52 pm