२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको संयुक्त राजनीतिक प्रतिवेदनमा के छ ? (पढ्नुहोस् पूर्णपाठ)

१५ माघ, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बुधबारबाट काठमाडाैँमा सुरू भएको छ । बैठकमा पार्टीका अध्यक्षद्धय प्रधानमन्त्री समेत रहेका केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राजनीतिक प्रतिवेदन पेश गरेका छन । बैठकमा दुबैको तर्फबाट अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गरेका छन ।

प्रतिवेदनमा नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ । प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ । प्रतिवेदनमा २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ।

राजनीतिक प्रतिवेदनमा साउनको दोश्रो हप्ताभित्र सबै जिल्ला कमिटीले जिल्लाको अभियानको समीक्षा गर्न प्रस्ताव गरिएको छ। बुधबारबाट सुरू भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखेका थिए । राजनीतिक प्रतिवेदनमा छलफलका लागि केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरिएको छ । यस्ताे छ प्रतिवेदन पूर्णपाठ

प्रकाशित मिति : January 29, 2020 at 9:00 pm