२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

निर्वाचनपछिका दुई बर्षमा हामीले असाधारण उपलब्धी हासिल गरेका छौँः प्रधानमन्त्री ओली


१५ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारले निर्वाचनपछिका दुई बर्षमा असाधारण उपलब्धी हाँसिल गरेको बताएका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको दोस्रो केन्द्रीय किमिटीको पूर्ण बैठकलाइ सम्बोधन गर्दै दुई बर्षमा धेरै उपलब्धी हासिल गरेको बताए ।

उनले भने ‘हामी काम नगरी बसेका वा उपलब्धी हासिल नगरी बसेका वा उपलब्धीमा पछाडि परेका होइनौं । निर्वाचनपछिका दुई बर्षमा हामीले असाधारण उपलब्धी हासिल गरेका छौं ।’ ओलीले सरकारले अपेक्षा गरेअनुसारको उपलब्धी प्राप्त गर्न नसकेको भएपनि परिणामका आधारमा ऐतिहासिक काम गरेको बताए ।

ओलीले नेकपा र सरकारबिरुद्ध एकोहोरो प्रचार युद्ध छेडिएको भन्दै तथ्यहरुले सरकारबिरोधी प्रचार निश्प्रभावी बनेको बताए । उनले काम र उपलब्धीबाटै बिरोधीको प्रश्नको जवाफ दिएको दाबी गरे ।  उनले भने ‘हाम्राबिरुद्ध प्रचार युद्ध डरलाग्दो गरी छेडिएको छ । युद्ध मात्रै होइन, प्रचार आक्रमण छेडिएको छ । तर हामी बाद विवादबाट होइन, उपलब्धीबाट, कामको परिणामबाट, नतिजाहरुबाट जवाफ दिँदै आएका छौं । अव पनि यही रुपमा जवाफ दिन्छौं ।’

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार १३:५२