२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरू (फोटोफिचर)


१५ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी एकताको डेढ वर्षपछि कार्यसूचीसहितको पहिलो केन्द्रीय कमिटीको बैठक राष्ट्रियसभामा सुरू भएको छ । बैठकको सञ्चालनमा महासचिव विष्णु पाैडेलले गरेका छन भने प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन मन्तव्य व्यक्त गरिरहेका छन । ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको केन्द्रीय प्रचार विभगका उपप्रमुख सूर्य थापाले दैनिकीलाइ जानकारी दिए ।

त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको उपप्रमुख थापाले बताए ।  यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ ।

थापाका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने बताइएको छ । बैठक यही माघ २० गतेसम्म राष्ट्रिय सभागृहमा हुँदैछ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार १२:०४