३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

छाउपडी उन्मूलनका लागि जुम्लाकी प्रजिअ बञ्जाडेको प्रभावकारी अभियान, ७ सद्भावना दूत नियुक्त

१५ माघ, जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा छाउपडी प्रथा उन्मूलनका लागि सहयोग पु¥याउन सद्भावना दूत नियुक्त गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुरुआत् गरेको छाउपडी (छुईप्रथा) विरुद्दको अभियान बस्तीबस्ती र नागरिकको घरघरमा पु¥याउने प्रयासस्वरूप आज वडाध्यक्ष, धामी झाँक्री शिक्षक, पत्रकार, महिला अगुवालगायत सात जनालाई सद्भावना दूत नियुक्त गरिएको हो ।

सद्भावना दूतलाई प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले यहाँ आयोजित कार्यक्रममा टीका लगाइदिनुभएको थियो । सद्भावना दूतमा वडा नम्बर ४ का वडाध्यक्ष मुनबहादुर बूढा, शिक्षिका शान्ति शाही, धामीझाँक्री पुरबहादुर शाही, चक्र शाही, पत्रकार नेत्र शाही, महिला अगुवा दानकला शाही र बेलकोशा सार्की रहेका छन् ।

छुईप्रथा उन्मूलनका अभियन्ताले स्थानीय सरकार, सुरक्षाकर्मीलगायतका सरोकारवाला निकायसँग समन्वय गरी हरेकका घरदैलोमा पुगेर जनचेताना जगाउनुका साथै छाउपडी उन्मूलन कार्यमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताउनुभयो । उहाँको छुईप्रथा उन्मूलनको अभियान प्रभावकारी बन्दै गएको छ ।

प्रकाशित मिति : January 29, 2020 at 8:51 am