३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

टिपरले किचेर १ जनाकाे मृत्यु भएपछि सुर्खेतमा तनाब, बुधबार बिहान ६ बजेसम्मका लागि ‘कर्फ्यु’

१४ माघ, सुर्खेत । टिपरले किचेर १ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ‘कर्फ्यु’ लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो।

पूर्वमा इत्राम खोला, पश्‍चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटरसम्मको क्षेत्रलाई प्रशासनले कर्फ्यु लाग्‍ने क्षेत्र तोकेको छ। यसबीच मृतकका आफन्तले चलाएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो। टिपरको ठक्करबाट एकको मृत्यु, सुर्खेत तनावग्रस्त जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररूप लिँदा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। साथै अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठजना घाइते भएक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : January 28, 2020 at 6:01 pm