२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने नुवाकोटका नकुर तामाङसहित ६ जना पक्राउ

१२ माघ, काठमाडौँ । खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट ६ जनालाई पक्राउ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका उनिहरू पूर्वसैनिक बच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई ४८ घण्टाभित्र पक्राउ गरेर सार्वजनिक गरेकाे हाे । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-६, कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा उत्तरगया गाउँपालिका-३ खड्कुका ३६ वर्षीय तेन्जिङबहादुर तामाङ, रसुवा उत्तरगया गाउँपालिका-२ खड्कुका २८ वर्षीय संजित वाइबा, रसुवा आमाछोदिङ्मो गाउँपालिलका-५ गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, दाङ पुरन्धारा-९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर र रामेछाप मन्थली नगरपालिका-९ का ३६ वर्षीय कुमारबहादुर बुढाथोकी र  रहेका छन्।

महनगरीय अपराध महाशाखा टेकुका अनुसार लुटेराले गुरुङलाई खुकुरी, फलामको लठ्ठी देखाइ आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुटेको जनाएको छ। लुटिएकाे रकममध्ये प्रहरीले उनीहरूको साथबाट १८ लाख ७५ हजार पाँच सय रुपैयाँ नगदसहित ४ थान मोटर साइकल, सुनको औंठी, विभिन्न बैकका चेक र मोबाइलहरू बरामद गरेको छ। अन्य रकम भने उनीहरूले विभिन्न प्रयोजनमा खर्च गरिसकेको बताएका छन् ।
पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : January 26, 2020 at 2:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/