नेकपाका नेता एवं जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष केसी ८ लाख घुसहित पक्राउ
१० माघ, जाजरकोट । नेकपाका नेता एवं जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ। ८ लाख घुससहित केसीलाई पक्राउ गरिएको अख्तियार स्राेतले जनाएकाे छ ।
प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचनाका आधारमा शुक्रबार पक्राउ गरेको हो। केसी गत स्थानीय निर्वाचनमा तत्कालीन माअोवादीबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ। गाउँपलिकाको अवस्थामा दयनीय छ तर अध्यक्ष चाहिँ घुस खाँदै हिडेका छन । अघिल्लो वर्ष सोही गाउँपालिकामा भाइरल ज्वरोको कारणबाटमात्र २ दर्जन मानिसले ज्यान गुमाएका थिए । शिक्षा, स्वास्थ्य बलियो बनाएर जनतालाइ सुविधान दिनुपर्ने व्यक्तिनै घुसमा चुर्लुम्म भएपछि जनप्रतिनिधिबाट जनताले के अाशा गर्ने ?
प्रकाशित मिति : January 24, 2020 at 5:34 pm









