३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

दीपक मनाङेलाई २ दिन हिरासतमै राख्न अनुमति

१० माघ, काकी । कास्की प्रशासनले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई २ दिन थुनामै राख्न अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार मनाङेलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

मनाङेविरूद्ध प्रहरीले सार्वजनिक अपराधअन्तर्गत अनुसन्धान गरिरहेको छ। मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई सांसद मनाङेले झापड हानेका थिए। गुरूङले जाहेरी दिएपछि मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।

प्रकाशित मिति : January 24, 2020 at 3:39 pm